२६ बैशाख, २०८१ बुधबार

02:49:01 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आजदेखि सिंहदरबारभित्र ग्यास सिलिण्डर लैजान रोक

१ भदौ, २०७९

आजदेखि सिंहदरबारभित्र ग्यास सिलिण्डर लैजान रोक

काठमाडौं । सिंहदरबारभित्र आज (भदौ १ गते बुधबार) बाट ग्यास सिलिण्डर लैजान रोक लगाइएको छ । खाना पकाउन बिजुलीको प्रयोगलाई प्रोत्साहन गर्ने सरकारी नीति अनुसार आज (बुधबार) बाट सिंहदरबारभित्र ग्यास सिलिण्डर लैजान रोक लगाइएको हो ।

आर्थिक वर्ष २०७९।८० को बजेटमार्फत् सरकारले बिजुली प्रयोगलाई प्रोत्साहन गर्ने र त्यसको सुरुवात सिंहदरबारभित्रबाट गर्ने जनाएको थियो । सिंहदरबारभित्र रहेका मन्त्रालयहरुका क्यान्टिनमा ग्यास सिलिण्डरको प्रयोग हुँदै आएको छ । तर, अब ती क्यान्टिनहरुले ग्यास प्रयोग गर्न नपाउने भएका छन् ।