१ जेठ, २०८१ मंगलबार

02:58:48 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एक महिनामा जलविद्युत आयोजनामा २७ अर्ब रुपैयाँ भन्दाबढी लगानी प्रस्ताव

Nepal Business

१ भदौ, २०७९

एक महिनामा जलविद्युत आयोजनामा २७ अर्ब रुपैयाँ भन्दाबढी लगानी प्रस्ताव

काठमाण्डौं । चालु आर्थिक वर्षमा जलविद्युत आयोजनामा मात्रै २७ अर्ब रुपैयाँ भन्दाबढी लगानी प्रस्ताव आएको छ । 

उद्योग विभागका अनुसार साउनमा विभिन्न जिल्लामा २७ अर्ब १८ करोड ७० लाख २४ हजार रुपैयाँ लगानी प्रस्ताव आएको हो । यस अवधिमा झापामा १३ करोड रुपैयाँ लगानीमा एनएसएस पावर प्रालि दर्ता भएको छ । 

यस्तै भोजपरमा ७७ करोड ६४ लाख ९० हजार रुपैयाँ लगानीमा सुम्रिमा हाइड्रोपावर कम्पनी (पिखुवा पशुपती जलविद्युत आयोजना) र एक अर्ब ३२ करोड ८ लाख रुपैयाँ लगानीमा एस के इनर्जी डेभलपमेन्ट प्रालि र मनाङमा ५ अर्ब ९६ करोड ७२ लाख रुपैयाँ लगानीमा कार्बोनलेस इनर्जी फण्ड प्रालि साउन महिनामै दर्ता भएको तथ्याङकमा उल्लेख छ । 

दर्ता भएका अन्य उद्योगहरुमा दोलखामा १६ अर्ब ४५ करोड ९८ लाख रुपैयाँ लगानीमा तामाकोशी जलविद्युत कम्पनी लिमिटेड (तामाकोशी पाचौं जलविद्युत आयोजना), सोलुखुम्बुमा २ अर्ब ५३ करोड २६ लाख १९ हजार रुपैयाँ लगानीमा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (बुदुम खोला जलविद्युत आयोजना) रहेको विभागले जनाएको छ ।