१ जेठ, २०८१ मंगलबार

08:53:45 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

राधी विद्युत कम्पनीको नाफा घट्यो, विद्युत् बिक्री आम्दानी कति ?

१ भदौ, २०७९

राधी विद्युत कम्पनीको नाफा घट्यो, विद्युत् बिक्री आम्दानी कति ?

काठमाडौँ । राधी विद्युत कम्पनीले गत आर्थिक वर्ष २०७८।७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा राधी विद्युत कम्पनीको खुद नाफा घटेको छ । यसअवधिमा कम्पनीको खुद नाफा १७.०९ प्रतिशतले घटेर ५ करोड ९ लाख ४६ हजार रुपैयाँमा झरेको छ । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले ६ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी भने १२ करोड ९७ लाख रुपैयाँबाट बढेर १३ करोड ४९ लाख रुपैयाँ कायम भएको छ । कम्पनीको अन्य स्रोतबाट हुने आम्दानी पनि घटेको छ भने सञ्चालन खर्च अझै बढेको छ ।

अघिल्लो वर्ष ४६ लाख १७ हजार रुपैयाँ रहेको अन्य स्रोतबाट हुने आम्दानी यो वर्ष घटेर ४३ लाख रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष १ करोड ३९ लाख रुपैयाँ रहेको सञ्चालन खर्च यो वर्ष बढेर २ करोड १ लाख पुगेको छ । यो अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक ७ रुपैयाँ ८८ पैसा र प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ ६८ पैसा छ ।