२८ बैशाख, २०८१ शुक्रबार

09:05:50 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कतिमा भयो मन्दाकिनी हाइड्रोसहित ३ कम्पनीको पहिलो कारोबार ?

१ भदौ, २०७९

कतिमा भयो मन्दाकिनी हाइड्रोसहित ३ कम्पनीको पहिलो कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)  आज (बुधबार) ३ कम्पनीको कम्पनीको पहिलो कारोबार भएको छ। बुधबार नेप्सेमामन्दाकिनी हाइड्रोपावर, श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन र अपर सोलु हाइड्रो इलेक्ट्रीक कम्पनीको पहिलो कारोबार भएको हो

आज बुधबारको कारोबारको स्पेसल प्रि ओपन सेसनमा पहिलो कारोबार भई मूल्य तय भएकोले अब नियमित सत्रमा कम्पनीको सेयर कारोबार हुनेछ । यस दिन मन्दाकिनीको प्रतिकित्ता २३७ रुपैयाँ ३० पैसा, अपर सोलुको ३२४ रुपैयाँ ६० पैसा र श्वेतगंगाको २६९ रुपैयाँमा पहिलो कारोबार भएको हो।

हिजो मंगलबार अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको १ करोड ३५ कित्ता सेयर , श्वेत गंगाको १ करोड ५९ लाख ३० हजार र मन्दाकिनी हाइड्रोको ५८ लाख ८० हजार ३ सय ६९ कित्ता सेयर नेप्सेमा सुचिकृत भएको थियो ।

नेप्सेले अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको आईपीओलाई पहिलो कारोबारको लागि १०८.२१ रुपैयाँदेखि ३२४.६३ रुपैयाँसम्मको रेन्ज, श्वेत गंगाको पहिलो कारोबारको लागि  ८९.८८ देखि २६९.६४ रुपैयाँसम्म रेन्ज र  मन्दाकिनी हाइड्रोको पहिलो कारोबारको लागि १०२ रुपैयाँ देखि ३०६ रुपैयाँसम्मको रेन्ज तोकेको थियो । स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात अब यी कम्पनीहरुको सेयर नियमित बजारमा कारोबार गर्न सकिनेछ।