२८ बैशाख, २०८१ शुक्रबार

02:50:34 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

श्वेत-गंगा हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचिकृत, कतिमा खुल्छ कारोबार ?

१ भदौ, २०७९

श्वेत-गंगा हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचिकृत, कतिमा खुल्छ कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा श्वेत गंगा हाइड्रोपावर एण्ड कन्सट्रक्सन कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) सूचिकृत भएको छ ।

नेप्सेमा कम्पनीको १ करोड ५९ लाख ३० हजार कित्ता साधारण सेयर (आईपीओ) सूचिकृत भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्युनतम ८९.८८ रूपैयाँदेखि अधिकतम २६९.६४ रूपैयाँ ओपनिङ्ग रेञ्ज तोकेको छ । कम्पनीले दोसा्रे बजारमा कारोबारका लागि SGHC ​​ सिम्बोल पाएको छ ।

आज बुधबार प्रि(सेसनबाट कम्पनीको दोस्रो बजारमा कारोबार खुल्ने छ ।