१४ बैशाख, २०८१ शुक्रबार

09:24:58 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रदेशमा फरेन्सिक ल्याब स्थापना गरिने

Nepal Business

३१ साउन, २०७९

प्रदेश सरकारको नीति तथा कार्यक्रममा फरेन्सिक ल्याब निर्माण गर्ने निश्चित गरिसकेकोले सरोकारवालासँग आवश्यक परामर्श गरेर ल्याब स्थापनाको काम अघि बढाउने बताउँदै मन्त्री साहले ल्याब स्थापनापश्चात् अपराध अनुसन्धान प्रक्रियामा अझ नयाँपन आउने बताउनुभयो ।

प्रदेशमा फरेन्सिक ल्याब स्थापना गरिने

जनकपुर,

मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले अपराध अनुसन्धानका लागि प्रदेशमा फरेन्सिक ल्याब स्थापना गरिने बताउनुभएको छ । 

मधेस प्रदेश प्रहरी कार्यालयद्वारा जनकपुरधाममा सुरु भएको प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा उहाँले अपराध अनुसन्धानलाई अझ बढी वैज्ञानिक र भरपर्दो बनाउन प्रदेशमा फरेन्सिक ल्याब स्थापना गरिने बताउनुभयो ।

मधेस प्रदेश प्रहरी कार्यालयद्वारा जनकपुरधाममा सुरु भएको प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा उहाँले अपराध अनुसन्धानलाई अझ बढी वैज्ञानिक र भरपर्दो बनाउन प्रदेशमा फरेन्सिक ल्याब स्थापना गरिने बताउनुभयो ।

प्रदेश सरकारको नीति तथा कार्यक्रममा फरेन्सिक ल्याब निर्माण गर्ने निश्चित गरिसकेकोले सरोकारवालासँग आवश्यक परामर्श गरेर ल्याब स्थापनाको काम अघि बढाउने बताउँदै मन्त्री साहले ल्याब स्थापनापश्चात् अपराध अनुसन्धान प्रक्रियामा अझ नयाँपन आउने बताउनुभयो । 

प्रविधिमैत्री अनुसन्धान प्रक्रिया अघि बढाउन आग्रह गर्दै उहाँले त्यसका लागि प्रदेश सरकारले आफूसँग भएको स्रोतसाधन लगानी गर्न प्रतिबद्ध रहेको बताउनुभयो । 

साइबर क्राइम र लागुऔषध मधेस प्रदेशका लागि प्रमुख चुनौती रहेको उल्लेख गर्दै उहाँले साइबर क्राइम र लागुऔषध नियन्त्रणका लागि ठोस् नीति अङ्गिकार गर्नुपर्ने बताउनुभयो ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षाकर्मीलाई निर्देशन दिँदै उहाँले यसका लागि प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताउनुभयो ।