१ जेठ, २०८१ मंगलबार

04:46:42 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेप्सेमा अप्पर सोलु हाइड्रोको आईपीओ सूचिकृत, कति छ ओपनिङ्ग रेञ्ज ?

३१ साउन, २०७९

नेप्सेमा अप्पर सोलु हाइड्रोको आईपीओ सूचिकृत, कति छ ओपनिङ्ग रेञ्ज ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) सूचिकृत भएको छ ।

नेप्सेमा कम्पनीको १ करोड ३५ लाख कित्ता साधारण सेयर (आईपीओ) सूचिकृत भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्युनतम १०८.२१ रूपैयाँदेखि अधिकतम ३२४.६३ रूपैयाँ ओपनिङ्ग रेञ्ज तोकेको छ । कम्पनीले दोस्रो बजारमा कारोबारका लागि ग्क्ज्भ्ऋ सिम्बोल प्राप्त गरेको छ ।

कम्पनीको भोलि (बुधबार) प्रि ओपन सेसनबाट दोस्रो बजार कारोबार खुल्ने छ ।