१ जेठ, २०८१ मंगलबार

06:40:27 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पेट्रोलियम पदार्थको मूल्य नघटाउने आयल निगमको निर्णय

३१ साउन, २०७९

पेट्रोलियम पदार्थको मूल्य नघटाउने आयल निगमको निर्णय

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य नघटाउने निर्णय गरेको छ । मंगलबार भारतीय आयल कर्पोरेसन (आइओसी) ले तेस्रो पटक  पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाए पनि निगमले मूल्य नघटाउने निर्णय गरेको हो ।

अझै ऋणको दायित्व धेरै भएका कारण हाललाई मूल्य यथावत नै राख्ने निर्णय भएको मंगलबार पत्रकार सम्मेलन गरेर निगमका कार्यकारी निर्देशक उमेशकुमार थानीले जानकारी दिनुभयो ।

निगमले अझै आयल निगमलाई २३ अर्ब तिर्न बाँकि रहेको जनाएको छ । आईओसीले हरेक १५ १५ दिनमा नयाँ मूल्यसूची पठाउने गरेको छ । आज (मंगलबार) आईओसीले पठाएको मूल्यसूचीअनुसार पेट्रोलको प्रतिलिटर मूल्य १ रुपैयाँ ९४ पैसा र डिजल ४ रुपैयाँ ८४ पैसाले घटेर आएको छ ।

साउन १६ गते पनि पेट्रोल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र डिजेल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको थियो । त्यस अघि साउन १ मा पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आएको थियो । ३ पटक मूल्य घटेर आउँदा पनि निगमले मूल्य नघटाएको हो ।

हाल नेपालमा पेट्रोल प्रति लिटर १८१ रुपैया, डिजेल र मट्टीतेल प्रति लिटर १७२ रुपैयाँ, र खान पकाउने ग्यास प्रति सिलिन्डर १८०० रुपैयाँमा बिक्रि भईरहेको छ ।