८ मंसिर, २०८१ शनिबार
04:56:26 PM
३१ साउन, २०७९
काठमाडौं । पिपुल्स पावर लिमिटेडले आज (साउन ३१ गते मंगलबार) देखि सर्वसाधारणका लागि निष्काशन गरेको साधारण सेयर (आईपीओ) मा माग भन्दा बढी आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरिङ्गका अनुसार मंगलबार साँझ ५ बजेसम्ममा कम्पनीको आईपीओमा २ लाख ८६ हजार ४९४ आवेदनबाट ३३ करोड ७९ लाख ५८ हजार रुपैयाँ बराबरको ३३ लाख ७९ हजार ५८० कित्ता सेयरको लागि आवेदन परेको हो । यो सर्वसाधारणलाई छुट्टाएकोभन्दा १.४७ गुणा बढी हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २४ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको २४ लाख ६७ हजार ४०० कित्ता कित्ता आईपीओ निष्कासन गरेको हो ।
जसमध्ये जारी पूँजीको २ प्रतिशत अर्थात ४९ हजार ३४८ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख २३ हजार ३७० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी २२ लाख ९४ हजार ६८२ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।
उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि छिटोमा भदौ ५ गतेसम्म र ढीलोमा भदौ १४ गतेसम्म आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।
केयर नेपालले कम्पनीको आईपीओलाई ‘केयर एनपी– बीबी’ रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीले समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा औषत जोखिम रहेको देखाउँछ ।