१ जेठ, २०८१ मंगलबार

12:20:06 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

विद्युत महसुल नतिर्ने २७१ सेवाग्राहीलाई कालोसूचीमा

Nepal Business

३१ साउन, २०७९

विद्युत महसुल नतिर्ने २७१ सेवाग्राहीलाई कालोसूचीमा

काठमाण्डौं । विद्युत् महसुल नतिर्ने २७१ सेवाग्राहीलाई कालोसूचीमा परेका छन् । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले विगत दुई वर्षदेखि विद्युत् महसुल नतिर्ने उनीहरुलाई कालोसूचीमा राखेको हो । 

कार्यालयका अनुसार छ महिनासम्म पनि महशुल नबुझाउनेको लाइन काट्नाका साथै कालोसूचीमा राख्ने गरिएको छ । उनीहरुले ७९ लाख ३९ हजार ६९० रुपैयाँ बक्यौता तिर्न बाँकी छ । 

कालोसूचीमा परेका ग्राहकलाई तीन पुस्तासम्म मिटरबक्ससहित विद्युत् उपलब्ध नगराउने गरी कारबाही गरिने जनाइएको छ  । 

केन्द्रमा हाल ६३ हजार ३५० सेवाग्राही रहेका र  तिनबाट वार्षिक १८ करोड ८९ लाख १० हजार ८१५ युनिट विद्युत् खपत हुँदा वार्षिक एक अर्ब ९४  करोड ८१ लाख ८३ हजार रुपैयाँ महसुल उठेकोे छ ।

गत आर्थिक वर्षमा समयमा महसुल नतिर्ने एक हजार ७४६ सेवाग्राहीको लाइन काटिएको थियो ।