१ जेठ, २०८१ मंगलबार

03:51:52 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एक वर्षमा अपर तामाकोशी हाइड्रोपावरलाई १ अर्ब ८७ करोडभन्दा बढी खुद नोक्सानी

Nepal Business

३१ साउन, २०७९

एक वर्षमा अपर तामाकोशी हाइड्रोपावरलाई १ अर्ब ८७ करोडभन्दा बढी खुद नोक्सानी

काठमाण्डौं । एक वर्षमा अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले नोक्सानी बेहोर्नु परेको छ । गत आर्थिक वर्षमा कम्पनीले १ अर्ब ८७ करोडभन्दा बढी खुद नोक्सानी गरेको छ।

अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा कम्पनीको खुद नोक्सानीमा उल्लेख्य बृद्धि भएको हो । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनी ५ करोड ३४ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको थियो ।

गत वर्ष कम्पनीले ७ अर्ब १७ करोड रुपैयाँभन्दा बढी विद्युत बिक्रीबाट आम्दानी गरेपनि वित्तीय खर्च उल्लेख्य बृद्धि हुँदा नोक्सानी बढेको हो । अघिल्लो वर्ष १ लाख २९ हजार वित्तीय खर्च भएकोमा गत वर्ष ५ अर्ब ६२ करोड रुपैयाँभन्दा बढी यो खर्च भएको हो । 

हाल कम्पनीको चुक्तापूँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निग कम्पनीको २ अर्ब ७१ करोड रुपैयाँभन्दा बढी ऋणात्मक रहेको छ ।

दिर्घकालिन कर्जा र अल्पकालिन कर्जानै अघिल्लो वर्षको तुलनामा गत वर्ष बढी भएको छ । अघिल्लो वर्ष ४० अर्ब ५८ करोड रुपैयाँभन्दा बढी रहेको दिर्घकालिन कर्जा गत वर्ष ७३ अर्ब ७८ करोड रुपैयाँभन्दा बढी पुगेको छ । 

यस्तै अघिल्लो वर्ष ३ अर्ब ८० करोड रहेको अल्पकालिन कर्जा गत वर्ष ५ अर्ब ६३ करोडभन्दा बढी रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १७.६९ ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ७४.३३ रुपैयाँ रहेको छ ।