२८ बैशाख, २०८१ शुक्रबार

07:46:29 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मन्दाकिनी हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचिकृत, कति छ ओपनिङ्ग रेञ्ज ?

३१ साउन, २०७९

मन्दाकिनी हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचिकृत, कति छ ओपनिङ्ग रेञ्ज ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) मन्दाकिनी हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) सूचिकृत भएको छ ।

नेप्सेमा हाइड्रोपावर कम्पनीको ५८ लाख ८० हजार ३६९ कित्ता साधारण सेयर (आईपीओ) सूचिकृत भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्युनतम १०२ रूपैयाँदेखि अधिकतम ३०६ रूपैयाँ ओपनिङ्ग रेञ्ज तोकेको छ । कम्पनीले दोस्रो बजारमा कारोबारका लागि MHL​​ सिम्बोल प्राप्त गरेको छ । सोही मूल्यको आधारमा भोलि (बुधबार) बाट कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउने छ ।