२८ बैशाख, २०८१ शुक्रबार

09:29:56 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर बजारमा २४.८३ अंकको गिरावट, कारोबार कति ?

Nepal Business

३१ साउन, २०७९

सेयर बजारमा २४.८३ अंकको गिरावट, कारोबार कति ?

काठमाण्डौं । यस साताको दोस्रो दिन सोमबार बढेको सेयर बजार मंगलबार पुनः घटेको छ । हिजो सेयर बजार ५५ अंकले बढेको थियो । एक दिन बढ्यो सेयर बजार आज दोहोरो अंकले घटेको हो । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सेयर बजार २४.८३ अंकले घटेर नेप्से परिसूचक २ हजार ०४१.०६ विन्दुमा बन्द भएको छ । 

सेयर बजार घट्दा आज २ अर्ब ७३ करोड ४८ लाख ५३ हजार ५८ रुपैयाँको कारोबार भएको छ भने ६४ लाख ६ हजार ७३८ कित्ता सेयर किनबेच भएका छन् । 

यस्तै उपसमुहहरुमा सबै राताम्मे छन् । कम्पनीतर्फ उप्पर हेवाखोला हाइड्रोपावर कम्पनी ९.९९ प्रतिशत, स्वभिमान लघुवित्त वित्तीय संस्था ४.०२ प्रतिशत र कुमारी इक्वीटी फण्ड २.८१ प्रतिशतले बढेका छन् ।