२८ बैशाख, २०८१ शुक्रबार

01:55:03 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

घटेको सेयर बजारमा यी कम्पनीको भयो सर्वाधिक कारोबार

३१ साउन, २०७९

घटेको सेयर बजारमा यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको तेस्रो कारोबारको दिने मंगलबार सेयर बजार पुनः ओरालो लागेको छ । साताको दोस्रो कारोबारको दिन सोमबार बढेको सेयर बजार मंगलबार २४.८३ अकंले घटेर २०४१.०६ बिन्दुमा बन्द भएको छ ।

यस दिन २२१ कम्पनीको ६४ लाख ६ हजार ७३८ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ७३ करोड ४८ लाख ५३ हजार ५७ रुपैयाँको कारोबार भएको छ । सेयर बजार घट्दा पनि मंगलबार रिडी पावरको सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको यस दिन ४० करोड ८२ लाख ४७ हजार रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, शिवम् सिमेन्टको ८ करोड ६८ लाख ५२ हजार रुपैयाँ, हिमालयन डिस्टलरीको ५ करोड ८७ लाख ७९ हजार रुपैयाँ, महालक्ष्मी विकास बैंकको ५ करोड ८७ लाख २४ हजार रुपैयाँ र नेपाल टेलिकमको ५ करोड ६१ लाख ७१ हजार रुपैयाँको कारोबार भएको हो ।