१ जेठ, २०८१ मंगलबार

09:31:57 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भारतबाट पुनः घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा घट्ला त ?

३१ साउन, २०७९

भारतबाट पुनः घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा घट्ला त ?

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आइओसी) ले पेट्रोलियम पदार्थको मूल्य पुनः घटाएर पठाएको छ । आइओसीले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो ।

भारतबाट पेट्रोलको प्रतिलिटर मूल्य १ रुपैयाँ ९४ पैसा र डिजल ४ रुपैयाँ ८४ पैसाले घटेको नेपाल आयल निगमले जनाएको छ । यस्तै हवाई इन्धनको मूल्य लिटरमा ५ रुपैयाँले सस्तिएर आएको छ ।

अहिले बजारमा पेट्रोलको प्रतिलिटर मूल्य १८१ र डिजेलको १७२ रुपैयाँ छ । नयाँ मूल्य पछि निगमलाई १५ दिनमा ३२ करोड मात्र घाटा रहने छ । यो सँगै आइओसीले तेस्रो पटक  पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

नेपालमा हालको मूल्यलाई यथावत राख्दा पेट्रोलमा अब निगमलाई प्रतिलिटर ४ रुपैयाँ नाफा देखिएको छ भने डिजलमा प्रतिलिटर ५ रुपैयाँ घाटा रहनेछ ।

यसअघि दुई पटक घटेको मूल्यमा उपभोक्ता मूल्य नघटाएको भन्दै निगमको आलोचना भएको थियो । यसपटक पेट्रोलियम पदार्थको मूल्य घटाउने नघटाउने निगमले केही बताएको छैन् ।