२६ बैशाख, २०८१ बुधबार

12:29:15 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सिटिजन लाइफ इन्स्योरेन्सको नाफा १८ करोड ८२ लाखभन्दा बढि, बीमा शुल्क संकलन कति ?

Nepal Business

३१ साउन, २०७९

सिटिजन लाइफ इन्स्योरेन्सको नाफा १८ करोड ८२ लाखभन्दा बढि, बीमा शुल्क संकलन कति ?

काठमाडौं । गत आर्थिक वर्षमा सिटिजन लाइफ इन्स्योरेन्सले १८ करोड ८२ लाख ६५ हजार रूपैयाँ खुद नाफा गरेको छ । 

अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा यस इन्स्योरेन्सले १८ करोड ७९ लाख २६ हजार रूपैयाँ खुद नाफा कमाएको थियो । 

यस्तै गत आर्थिक वर्षमा ५ अर्ब १ करोड ४२ लाख रूपैयाँ खुद बीमाशुल्क संकलन गरेको कम्पनीले जनाएको छ । जुन अघिल्लो आवको तुलनामा ४५.५९ प्रतिशतले बढी हो । 

अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले ३ अर्ब ४४ करोड ४१ लाख २० हजार रूपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

यसैगरी गत आर्थिक वर्षमा कम्पनीले बीमालेखको धितोमा कर्जाबाट २ करोड ८२ लाख रूपैयाँ आम्दानी गरेको छ ।

पुनर्बीमा कमिशन आयबाट १ करोड ८९ लाख ३ हजार रूपैयाँ र लगानी, कर्जा तथा अन्य आयबाट ५२ करोड १७ लाख ३२ हजार रुपैयाँ आम्दानी गरेको कम्पनीले जनाएको छ ।