९ मंसिर, २०८१ आइतबार

10:39:31 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

रलायन्स लाइफ इन्स्योरेन्सले कमायो १२ करोड २१ लाखभन्दा बढि नाफा

Nepal Business

३१ साउन, २०७९

रलायन्स लाइफ इन्स्योरेन्सले कमायो १२ करोड २१ लाखभन्दा बढि नाफा

काठमाण्डौं । गत आर्थिक वर्षमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले १२ करोड २१ लाख ३० हजार रूपैयाँ भन्दा बढी नाफा आर्जन गरेको छ । 

अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले ७ करोड १४ लाख ६ हजार रूपैयाँ नाफा कमाएको थियो । 

यस्तै कम्पनीले गत आर्थिक वर्षमा २ अर्ब ९९ करोड २६ लाख रूपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ ।

अघिल्लो आर्थिक् वर्षमा कम्पनीले २ अर्ब ५१ करोड ७५ लाख रूपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

कम्पनीका अनुसार यस अवधिमा कम्पनीले दाबी वापत ९४ करोड ८७ लाख रूपैयाँ भुक्तानी गरेको छ । साथै कम्पनीको बीमा कोषको आकार ४२.६१ प्रतिसेयर बढेर ३ अर्ब ७५ करोड १६ लाख रूपैयाँ पुगेको छ ।