२० बैशाख, २०८१ बिहिबार

04:04:48 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

दुई हप्ताभित्र कमिटी बनाएर आवश्यक खेल कार्यक्रम तय गर्न थापवाद्धारा निर्देशन

Nepal Business

३१ साउन, २०७९

दुई हप्ताभित्र कमिटी बनाएर आवश्यक खेल कार्यक्रम तय गर्न थापवाद्धारा निर्देशन

काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले समाजलाई फाइदा हुने गरि कार्यसम्पादन गर्न लोकतान्त्रीक खेलकुद संघलाई सुझाव दिनुभएको छ ।

मंगलबार काठमाण्डौंमा नेपाल लोकतान्त्रीक खेलकुद संघ बागमती प्रदेश, काठमाण्डौं क्षेत्र नंवर ४ को प्रशिक्षण कार्यक्रममा थापाले खेलमा लाग्ने युवाहरुको भविष्य उज्जल रहेको र देशको सेवा पनि हुने भएकाले यसप्रति ध्यान दिन सुझाव दिनुभएको हो ।

कुलतमा फस्ने युवाहरुको संख्या बढ्दै गएको अवस्थामा युवाहरुलाई विभिन्न खेलमा आवद्ध गराए युवाहरुले सहि बाटो समात्ने उहाँले बताउनुभयो ।

थापाले दुई हप्ताभित्र कमिटी बनाएर आवश्यक खेल कार्यक्रम तय गर्न निर्देशन दिनुभयो । थापाले खेल मार्फत समाज रुपान्तरणमा योगदान गर्न पनि सुझाव दिनुभयो ।