२६ बैशाख, २०८१ बुधबार

09:25:54 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

गुराँस लाइफ इन्स्योरेन्सले घोषणा गर्यो लाभांश, बोनस कति ?

३१ साउन, २०७९

गुराँस लाइफ इन्स्योरेन्सले घोषणा गर्यो लाभांश, बोनस कति ?

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ। सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६।७७ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको ७.४४ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३९ प्रतिशत नगद लाभांश गरि कुल ७.८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको उक्त प्रस्ताव लाभांश बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।