२८ बैशाख, २०८१ शुक्रबार

05:55:04 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेप्सेमा एनएमबि क्यापिटलका दुई म्युचुअल फण्डहरुको इकाई मूल्य समायोजन

३० साउन, २०७९

नेप्सेमा एनएमबि क्यापिटलका दुई म्युचुअल फण्डहरुको इकाई मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (सोमबार) एनएमबि क्यापिटलका दुई म्युचुअल फण्डहरुको इकाई मूल्य समायोजन भएको छ । नेप्सेमा सोमबार एनएमबि फिफ्टी र एनएमबि हाइब्रिड फण्ड एल १ को इकाई मूल्य समायोजन भएको हो ।

नेप्सेमा एनएमबि फिफ्टी योजनाको २१.०५२६३ प्रतिशत नगद लाभांश पछि प्रतिइकाई १० रूपैयाँ ४९ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन भएको छ ।  नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य १२ रुपैयाँ ६० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

त्यस्तै एनएमबि हाइब्रिड फण्ड एल १ योजनाको २१.०५२६३ प्रतिशत नगद लाभांश पछि प्रतिइकाई ९ रूपैयाँ ७८ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन भएको छ ।  नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य ११ रुपैयाँ ८९ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

क्यापिटलले लाभांश प्रयोजनार्थ भोलि (साउन ३१ गते मंगलबार) एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको थियो । यसको अर्थ साउन ३० गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।