२८ बैशाख, २०८१ शुक्रबार

06:21:41 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर बजार ५५.८८ अंकले बढ्यो, २ अर्बभन्दा बढिको कारोबार

Nepal Business

३० साउन, २०७९

आज २ अर्ब ४३ करोड २९ लाख ८४ हजार ५१२ कारोबार

सेयर बजार ५५.८८ अंकले बढ्यो, २ अर्बभन्दा बढिको कारोबार

काठमाण्डौं । लगातार घटिरहेको सेयर बजार सोमबार बढेको छ । गत सातादेखि घट्दै आएको सेयर बजारमा आज हरियाली छाएको हो । 

नेपाल स्टक एम्सचेञ्च (नेप्से)का अनुसार सेयर बजार ५५.८८ अंकले बढेर नेप्से परिसूचक २ हजार ६५.८९ विन्दुमा बन्द भएको छ ।

आज सेयर कारोबार पनि बढेको छ । आज २ अर्ब ४३ करोड २९ लाख ८४ हजार ५१२ कारोबार भएको छ भने ६० लाख २६ हजार १९२ कित्ता सेयर किनबेच भएका छन् । 

यस्तै आज सबै उपसमुहहरुमा हरियाली छाएको छ । कम्पनीतर्फ श्री इन्भेष्टमेन्ट फाइनान्स, मल्टिप्रपोज फाइनान्स कम्पनी र राधी विद्युत कम्पनीमा सकरात्मक सर्किट ब्रेक लागेको छ । रिर्भर फल्स ९.९९ प्रतिशत, पञ्चकन्या माई हाइड्रोपावर कम्पनी ९.९६ प्रतिशतले बढेका छन् ।