२८ बैशाख, २०८१ शुक्रबार

03:03:58 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर बजारमा हरियाली छाउँदा यी कम्पनीको भयो सर्वाधिक कारोबार

३० साउन, २०७९

सेयर बजारमा हरियाली छाउँदा यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । केहि साता देखि निरन्तर ओरालो लागेको सेयर बजार साताको दोस्रो कारोबारको दिन सोमबार बढेको छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५५.८८ अकंले बढेर २०६५.८९ बिन्दुमा बन्द भएको छ ।

यस दिन २१५ कम्पनीको ६० लाख २६ हजार १९२ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ४३ करोड २९ लाख ८४ हजार ६११ रुपैयाँको कारोबार भएको छ । सेयर बजारमा हरियाली छाँउला सोमबार शिवम् सिमेन्टको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको सेयर यस दिन २१ करोड २ लाख ५२ हजार रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सको १२ करोड ५५ लाख ५५ हजार रुपैयाँ, हिमालयन डिस्टलरीको ९ करोड ४१ लाख ४८ हजार रुपैयाँ, नेपाल टेलिकमको ६ करोड ८५ लाख ७८ हजार रुपैयाँ र अरुण भ्याली हाइड्रोपावरको ६ करोड १४ लाख ४२ हजार रुपैयाँको कारोबार भएको हो ।