२८ बैशाख, २०८१ शुक्रबार

10:02:31 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ब्रोकर नम्बर १३ धितोपत्र बोर्डको कारबाहीमा, यस्तो छ कारण

३० साउन, २०७९

ब्रोकर नम्बर १३ धितोपत्र बोर्डको कारबाहीमा, यस्तो छ कारण

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ब्रोकर नम्बर १३ लाई कारवाही गरेको छ । बोर्डले धितोपत्र दलाल व्यवसायी थ्राईभ ब्रोकरेज हाउस प्रा. लिलाई कारबाही गरेको छ ।

उक्त ब्रोकर कम्पनीले धितोपत्र बोर्डबाट अनुमति नलिई शाखा खोलेकोले बोर्डले कारवाही गरेको हो । बोर्डले उक्त ब्रोकर कम्पनीलाई ५० हजार नगद जरिवाना गरेको छ । बोर्डका अनुसार ब्रोकर कम्पनीले तनहुँमा बिना अनुमति शाखा संचालनमा ल्याएको थियो।  

धितोपत्र सम्वन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (६) बमोजिम रु.५०,०००।– (पचास हजार रुपैयाँ मात्र) जरिवाना गरिएको बोर्डले जनाएको छ । बोर्डले भनेको छ 'धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को नियम ४० को उपनियम (१) मा “धितोपत्र दलाल र धितोपत्र व्यापारीले बोर्डको स्वीकृति लिई शाखा कार्यालय खोल्न सक्नेछ” भन्ने व्यवस्था रहेको । धितोपत्र दलाल व्यवसायी थ्राईभ ब्रोकरेज हाउस प्रा. लि.ले नियमावलीको उक्त व्यवस्था अनुरुप शाखा कार्यालय खोल्न बोर्डबाट स्वीकृति नलिई तनहुँ जिल्ला स्थित व्यास नगरपालिका वडा नं. २, दमौलीमा शाखा कार्यालय स्थापना गरेको देखिएकोले उक्त धितोपत्र दलाल व्यवसायीलाई सो जरिवाना गरिएको बोर्डले जनाएको छ ।