१ जेठ, २०८१ मंगलबार

05:42:13 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बिन्ध्यबासिनी हाइड्रोपावरको नाफा १३ करोड, विद्युत बिक्रि आम्दानी कति ?

३० साउन, २०७९

बिन्ध्यबासिनी हाइड्रोपावरको नाफा १३ करोड, विद्युत बिक्रि आम्दानी कति ?

काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७८। ७९ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

हाइड्रोपावर सार्वजनिक गरेको उक्त विवरण अनुसार चौथो त्रैमाससम्ममा कम्पनीले १३ करोड ६ लाख १० हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक बर्षको सोही अवधिको तुलनामा ६०.६५ प्रतिशत बढि हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८ करोड १३ लाख रुपैयाँ नाफा कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनीले बिजुली बेचेर ४० करोड २ लाख ५४ हजार रुपैयाँ कमाएको छ । अघिल्लो आर्थिक बर्षको तुलनामा यो ८०.४५ प्रतिशतले बढि हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले २२ करोड १७ लाख ९७ हजार रूपैयाँको बिजुली बेचेको थियो ।

कम्पनीको चुक्ता पूँजी १ अर्ब रुपैयाँ रहेको छ । यो अवधिमा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १२.६२ रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ११३.६२ रुपैयाँ रहेको छ ।