२७ बैशाख, २०८१ बिहिबार

01:31:39 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

शिखर इन्स्योरेन्सको नाफा २८.९३ प्रतिशतले बढ्यो

Nepal Business

३० साउन, २०७९

शिखर इन्स्योरेन्सको नाफा २८.९३ प्रतिशतले बढ्यो

काठमाण्डौं । गत आर्थिक वर्ष २०७८/७९ मा शिखर इन्स्योरेन्सले ४० करोड १४ लाख ३९ हजार रुपैयाँ नाफा कमाएको छ । 

यो अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको नाफा २८.९३ प्रतिशतले बढि हो । यसअवधिमा बीमा कोषको आकार १ अर्ब ४१ करोड १६ लाख २७ हजार रुपैयाँ रहेको छ ।

२ अर्ब २८ करोड ६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको इन्स्योरेन्सको जगेडा कोषमा ७० करोड ९७ लाख रुपैयाँ रहेको छ । त्यस्तै इन्स्योरेन्सले १ अर्ब ३९ करोड १० लाख रुपैयाँ खुद  बीमा  शुल्क आर्जन गरेको छ।

प्रतिसेयर आम्दानी २१ रुपैयाँ ८० पैंसा रहेको इन्स्योरेन्सको नेटवर्थ प्रतिसेयर २५४ रुपैयाँ ४ पैंसा रहेको छ ।