१ जेठ, २०८१ मंगलबार

09:48:28 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अरुण भ्यालीको विद्युत बिक्रीको आम्दानी उल्लेख्य बढ्यो, नाफा कति ?

३० साउन, २०७९

अरुण भ्यालीको विद्युत बिक्रीको आम्दानी उल्लेख्य बढ्यो, नाफा कति ?

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेले आर्थिक वर्ष २०७८।७९ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। हाइड्रोपावरले सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ८ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.६८ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ७ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यो अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी पनि १६०.४९ प्रतिशतले बढेर १३ करोड ९१ लाख रुपैयाँ पुगेको छ।  अघिल्लो वर्षको यही अवधिमा विद्युत बिक्रीबाट कम्पनीले ५ करोड ३४ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीको अन्य स्रोतबाट हुने आम्दानी १।४३ प्रतिशतले बढेर ७ करोड ९९ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ७ करोड ८८ लाख रुपैयाँमा सीमित थियो।

१ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा १५ करोड २ लाख रुपैयाँ सञ्चित छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५.७४ प्रतिशत कम हो। कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ५.२ रुपैयाँ, पीई रेसियो ६८.४६ गुणा र प्रतिसेयर नेटवर्थ १०८.६९ रुपैयाँ रहेको छ।