२८ बैशाख, २०८१ शुक्रबार

05:34:06 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चिलिमे जलविद्युत कम्पनीको खुद नाफा १४.९३ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

Nepal Business

३० साउन, २०७९

 चिलिमे जलविद्युत कम्पनीको खुद नाफा १४.९३ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७८÷७९ मा ७६ करोड ७८ लाखभन्दा बढी खुद नाफा गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा १४.९३ प्रतिशत बढी हो । 

अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीको खुद नाफा ६६ करोड ८१ लाख रुपैयाँभन्दा बढी रहेको थियो ।

गत वर्ष कम्पनीको सञ्चालन नाफा भने करिब ८ प्रतिशत बढी रहेको छ । गत वर्ष ७९ करोड ८२ लाख रुपैयाँभन्दा बढी नाफा गरेको हो । कम्पनीले अघिल्लो वर्ष ७३ करोड ९४ लाख रुपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको थियो ।

कम्पनीले विद्युत विक्रीबाट अघिल्लो वर्षभन्दा करिब ५ प्रतिशत बढी १ अर्ब १८ करोड १७ लाखभन्दा बढी आम्दानी गरेको छ । गत वर्ष ७.५० प्रतिशत बोनस सेयर वितरण गरी कम्पनीले चुक्तापूँजी  ६ अर्ब ७५ करोड १७ लाख ९४ हजार पुर्याएको छ । 

कम्पनीको रिटेन्ड अर्निग भने ४.७६ प्रतिशत कम ३ अर्ब ६४ करोडभन्दा बढी कायम भएको छ । गत चौथो त्रैमाससम्म कम्पनीको प्रतिसेयर आम्दानी ११.२६ रहेको छ भने प्रतिसेयर नेटवर्थ १५३.९४ रुपैयाँ हेको छ ।