२८ बैशाख, २०८१ शुक्रबार

03:37:14 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अभियान लघुवित्तको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

३० साउन, २०७९

अभियान लघुवित्तको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा


काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले साउन १८ गतेदेखि साउन २२ गते, आइतबारसम्म निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) आज (सोमबार) बाँडफाँड सम्पन्न भएको हो ।

कम्पनीको आईपीओ बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यलयमा सम्पन्न भएको हो । संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ९ लाख ७५ हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो। जसमा ५ प्रतिशतले हुन आउने ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोष र ०.५ प्रतिशतले हुन आउने १२ हजार ५०० कित्ता सेयर कर्मचारीरुका लागि छुट्याइएको थियो। बाँकी ९ लाख १३ हजार ७५० कित्ताका लागि सर्वसाधारणलेआवेदन दिन सक्ने थियो।

यो आईपीओमा १९ लाख ८० हजार ९७० आवेदकबाट कुल २ करोड १९ लाख १२ हजार ६७० कित्ता सेयर माग भएको थियो। जसमा १९ लाख ७८ हजार ५९४ आवेदकबाट परेको २ करोड १८ लाख ८७ हजार १०० कित्ता सदर भएको क्यापिटलले जनाएको छ। बाँकी २ हजार ३७६ आवेदकबाट परेको २५ हजार ५७० कित्ता सेयर बदर भएको छ। मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको हो ।

जसमा भाग्यमानी ९१ हजार ३७५ जनाले १० कित्ताका दरले सेयर पाएका छन्। भने १८ लाख ८७ हजार २१९ आवेदकबाट हात खाली भएको छ। आईपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। आईपीओको  नतिजा सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइटः iporesult.cdsc.com.np/, बिक्रि प्रबन्धक मुक्तिनाथ क्यापिटलः https://muktinathcapital.com/ , अभियान लघुवित्तको बेवसाइटः https://www.aviyanlaghubitta.com/ ,सिडीएससीको मेरोशेयरको वेबसाइटः meroshare.cdsc.com.np/#/login हेर्न सकिने छ ।