२९ बैशाख, २०८१ शनिबार

12:35:19 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

धौलागिरी लघुवित्तको आईपीओमा ७०.४५ गुणा बढी पर्यो आवेदन, सेयर पाउन भाग्यमै भर

२९ साउन, २०७९

धौलागिरी लघुवित्तको आईपीओमा ७०.४५ गुणा बढी पर्यो आवेदन, सेयर पाउन भाग्यमै भर

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा अन्तिम दिनसम्म ७०.४५ गुणा बढी आवेदन परेको छ । कम्पनीले साउन २४ गतेदेखि सर्वसाधारणमा निष्काशन गरेको साधारण सेयर (आईपीओ) मा अन्तिम दिनसम्म मागभन्दा धेरै गुणा बढी आवेदन परेको हो ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आज अन्तिम दिन (साउन २९ गते आइतबार) साँझ ५ बजेसम्ममा कम्पनीको आईपीओमा १९ लाख ५२ हजार ४६० जना आवेदनबाट २ अर्ब १७ करोड २१ लाख ५७ हजार रुपैयाँ बराबरको २ करोड १७ लाख २१ हजार ५७० कित्ता सेयरको लागि आवेदन परेको हो । यो सर्वसाधारणलाई निष्काशन गरेकोभन्दा ७०.४५ गुणा बढी हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता सेयर निष्कासन गरेको थियो । कुल कित्ताको ५ प्रतिशतले हुन आउने १६ हजार ५५० कित्ता सेयर सामूहिक लगानी कोष र ०.५ प्रतिशतले हुन आउने ५ हजार १५५ कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको थियो भने बाँकी ३ लाख ८ हजार २९५ कित्ता सर्वसाधारण आवेदन दिन सक्नेछन् ।

लघुवित्तले निष्काशन गरेको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले गोलाप्रथाबाट बाँडफाँड हुने छ । मागभन्दा बढी आवेदन परेकोले १० कित्ता सेयर पाउने भाग्यमानी सावित हुनेछन् ।