३१ बैशाख, २०८१ सोमबार

11:53:49 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेप्सेमा १ करोड १० लाख ६३ हजार कित्ता सेयर सुचिकृत

२९ साउन, २०७९

नेप्सेमा १ करोड १० लाख ६३ हजार कित्ता सेयर सुचिकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा रिडी हाइड्रोपावरको सेयर सुचिकृत भएको छ । रिडी हाइड्रोले रैराङ हाइड्रोपावर कम्पनीलाई गाभेपछि बनेको रिडी हाइड्रो कम्पनीको १ करोड १० लाख ६३ हजार ५ सय ८० कित्ता सेयर आज (आइतबार) नेप्सेमा सुचिकृत भएको हो।

नेप्सेले कम्पनीको सेयरलाई न्युनतम ७०८ रुपैयाँ ६० पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । अब सोही मूल्यबाट कम्पनीको सेयर कारोबार सुरु हुनेछ । नेप्सेले कम्पनीको सेयरलाई RIDI कारोबार संकेत प्रदान गरेको छ ।

कम्पनीले असार ३१ गतेबाट मर्जर प्रक्रिया पुरा गरी संयुक्त कारोबार समेत सुरु गरिसकेका छन् । रिडी हाइड्रो र रैराङ हाइड्रोपावर १००: ९३ को स्वापमा मर्ज भएका हुन्। जस अनुसार रैराङ हाइड्रोको १०० कित्ता सेयर हुनेले अब रिडी हाइड्रोको नाममा ९३ कित्ता सेयर पाउनेछन् ।