२ जेठ, २०८१ बुधबार

04:53:45 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सान्जेन जलविद्युतको साइट कार्यालयमा तोडफोड र आगजनी

२९ साउन, २०७९

सान्जेन जलविद्युतको साइट कार्यालयमा तोडफोड र आगजनी

काठमाडौं । रसुवामा रहेको सान्जेन जलविद्युत कम्पनीको साइट कार्यालयमा तोडफोड भएको छ । रसुवामा बनिरहेका सान्जेन  र माथिल्लो सान्जेन आयोजना हेर्ने कार्यालयमा गत्लाङ क्षेत्रका स्थानीयले आफूहरुलाई अतिप्रभावितको सूचीमा राख्न माग गर्दै आइतबार दिउँसो तोडफोड र आगजनी गरेका हुन् ।

करिब ७०-८० जनाको समूहमा आएका स्थानीय रसुवाले पाउने १० प्रतिशत सयरमध्ये अतिप्रभावितका रुपमा आफूहरुलाई अग्राधिकार नदिएको भन्दै कर्मचारीमाथि पनि हातपात गरेका छन् । कार्यालयको गाडीमा ढुंगाले हानेर क्षति पुर्‍याइएको छ ।

कम्पनीले भदौ ५ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि ३६ लाख ५० हजार कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको छ । गत्लाङ क्षेत्रका स्थानीयले आफूहरुलाई अतिप्रभावितको सूचीमा राखेर आईपीओ दिनुपर्ने माग गर्दै कार्यालयभित्रै पसेर तोडफोड गरेका हुन् ।

२०७६ माघ २९ मा नै रसुवाका स्थानीयलाई दिने सेयरबारे समझदारी भएको थियो । तर, गत्लाङका स्थानीयले माथिल्लो तटीय क्षेत्र भन्दै आफूहरुलाई कम सेयर दिन खोजिएको भन्दै विरोध गरिरहेका थिए । तर, अहिले पुरानो सहमतिअनुसार प्रक्रिया पुरा गरेर सेयर निष्कासन गरेपछि गत्लाङ क्षेत्रका स्थानीयले असन्तुष्टि पोखिरहेका थिए ।