३१ बैशाख, २०८१ सोमबार

10:57:18 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अभियान लघुवित्तको आईपीओ सोमबार बाँडफाँड हुने, ९१ हजारले १० कित्ता सेयर पाउने

२९ साउन, २०७९

अभियान लघुवित्तको आईपीओ सोमबार बाँडफाँड हुने, ९१ हजारले १० कित्ता सेयर पाउने

काठमाडौं । अभियान लघुवित्तले सर्वसाधारणलाई निष्काशन गरेको साधारण सेयर (आईपीओ) भोलि सोमबार बाँडफाँड हुने भएको छ । सोमबार बिहान ९ बजे क्यापिटलकै कार्यालयमा आईपीओ बाँडफाँड हुने बिक्रि प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ ।  कम्पनीले साउन १८ गतेदेखि साउन २२ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्रि खुला गरेको हो।

कम्पनीले १०० अंकित दरको ९ लाख ७५ हजार कित्ता साधारण शेयरहरु सर्वसाधारणहरुमा निष्काशन गरेको थियो । जस मध्ये ४८ हजार ७ सय ५० कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो भने १२ हजार ५ सय कित्ता शेयर कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएकोथियो । बाँकि रहेको ९ लाख १३ हजार ७ सय ५० कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका हुन्।

पछिल्लो तथ्यांक अनुसार लघुवित्तको आइपीओमा २० लाख ४३ हजार २० जना आवेदकबाट २ अर्ब ३१ करोड १६ लाख १९ हजार रुपैयाँ बराबरको २ करोड ३१ लाख १६ हजार १९० कित्ता आईपीओका लागि आवेदन परेको छ । यो लघुवित्तले माग गरेको भन्दा २३.७० गुणा बढी हो ।

लघुवित्तको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले गोलाप्रथाद्वारा बाँडफाँड हुनेछ । गोलाप्रथाद्वारा बाँडफाँड गर्दा ९१ हजार ३७५ जनाले मात्रै १० कित्ता सेयर पाउने छन् । १९ लाख ८८ हजार ४१३ जनाको हात खालि हुनेछ ।