३१ बैशाख, २०८१ सोमबार

02:13:55 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

निरन्तर घटिरहेको सेयर बजारमा यी कम्पनीको भयो सर्वाधिक कारोबार

२९ साउन, २०७९

निरन्तर घटिरहेको सेयर बजारमा यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार घटेको छ ।  केही सातादेखि सेयर बजारमा निरन्तर घटिरहेको छ ।

आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.९२ अकंले घटेर २०१०.०१ बिन्दुमा बन्द भएको छ । यस दिन २२७ कम्पनीको ४५ लाख ५९ हजार २२ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ८७ करोड ३२ लाख ८१ हजार ८९७ रुपैयाँकोे कारोबार भएको हो ।

सेयर बजार घट्दा पनि आइतबार हिमालयन डिस्टलरीको सेयर सर्वाधिक खरिदबिक्री भएको छ । कम्पनीको यस दिन १६ करोड ५३ लाख ९६ हजार रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सको ११ करोड २९ लाख ११ हजार रुपैयाँ, शिवम् सिमेन्टको ८ करोड २० लाख २५ हजार रुपैयाँ, स्वाबलम्बन लघुवित्तको ६ करोड ६१ लाख १ हजार रुपैयाँ र नबिल बैंकको ४ करोड ४४ लाख २७ हजार रुपैयाँको कारोबार भएको हो ।