१ जेठ, २०८१ मंगलबार

01:04:21 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर बजार राताम्मे, कति भयो कारोबार ?

Nepal Business

२९ साउन, २०७९

सेयर बजार राताम्मे, कति भयो कारोबार ?

काठमाण्डौं । सेयर बजार ओरालो लाग्ने क्रम जारी छ । सेयर कारोबारको पहिलो दिन आइतबार नै सेयर बजार राताम्मे छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सेयर बजार २७.९२ अंकले घटेर नेप्से परिसूचक २ हजार १०.०१ विन्दुमा बन्द भएको छ ।

सेयर बजार घट्दा कारोबार पनि घटेको छ । आज १ अर्ब ८७ करोड ३२ लाख ८१ हजार ८९७ रुपैयाँको कारोबार भएको छ भने ४५ लाख ५९ हजार ३३ कित्ता सेयर किबेच भएका छन् ।

आज सबै उपसमुह राताम्मे छन् भने कम्पनीहरुमा उप्पर हेवाखोला हाइड्रोपावर कम्पनी ८.१० प्रतिशत, कालिका पावर कम्पनी २.८८ प्रतिशत र समलिङ पावर कम्पनी २.४४ प्रतिशतले बढेका छन् ।