२७ बैशाख, २०८१ बिहिबार

01:47:58 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सूर्या लाइफ इन्स्योरेन्सको नाफा घट्यो, एक वर्षमा कति भयो नाफा ?

Nepal Business

२९ साउन, २०७९

सूर्या लाइफ इन्स्योरेन्सको नाफा घट्यो, एक वर्षमा कति भयो नाफा ?

काठमाण्डौं ।  सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद नाफा घटेको छ । एक वर्षको अवधिमा कम्पनीले १३ करोड ४५ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ ।

यो नाफा  अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा गत वर्ष कम्पनीको ३२.७४ प्रतिशत कम हो । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीले २० करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो ।

कम्निीका अनुसार गत वर्ष कम्पनीको खर्च बढ्दा नाफामा असर परेको हो । जम्मा आम्दानी अघिल्लो वर्षभन्दा करिब २० प्रतिशत बढी ३६ करोड ३८ लाख रुपैयाँ भएको कम्पनीको जम्मा खर्च भने अघिल्लो वर्षभन्दा १२१.४९ प्रतिशत बढी २२ करोड ९३ लाख रुपैयाँभन्दा बढी भएको हो ।

यस्तै कम्पनीको हाल चुक्तापूँजी २ अर्ब ५५ करोड २ लाख ८२ हजार रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोष रकम ६६ करोड ५६ लाख रुपैयाँभन्दा बढी र जीवन बीमा कोष रकम १४ अर्ब ९ करोड रुपैयाँ भन्दा बढी रहेको छ ।

यसैगरी गत चौथो त्रैमाससम्म अघिल्लो वर्षभन्दा १९.३८ प्रतिशत बढी ५ अर्ब ५ करोड ३९ लाख कुल बीमाशुल्क आर्जन गरेको कम्पनीले अघिल्लो वर्षभन्दा ३८.१८ प्रतिशत बढी १ अर्ब २३ करोड ९५ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ५.२८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १२३.३७ रहेको छ ।

बीमा समितिको निर्देशन बमोजिम पूँजी बृद्धिका लागि कम्पनी ज्योति लाइफ इन्स्योरेन्ससँगै मर्जरमा जाने प्रकृयामा रहेको छ ।