३ जेठ, २०८१ बिहिबार

05:17:48 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ङादी ग्रुप पावरको नाफा घट्यो, एक वर्षमा ७ करोड ६१ लाख नाफा

Nepal Business

२९ साउन, २०७९

ङादी ग्रुप पावरको नाफा घट्यो, एक वर्षमा ७ करोड ६१ लाख नाफा

काठमाण्डौं । गत एक वर्षमा ङादी ग्रुप पावर लिमिटेडको नाफा घटेको छ । कम्पनीले गत एक वर्षमा ७ करोड ६१ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ ।

यो नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३५.१९ प्रतिशत कम हो । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीको खुद नाफा ११ करोड ७४ लाख रुपैयाँभन्दा बढी थियो ।

यस्तै गत आर्थिक वर्ष कम्पनीको विद्युत विक्री आम्दानी ४४.४५ प्रतिशत बढी १२ करोड ७५ लाख रुपैयाँ भएको छ ।

विद्युत विक्री आम्दानी बढेपनि कम्पनीको व्यवस्थापकियसँगै वित्तीय खर्च बढ्दा नाफा घट्न पुगेको हो । अघिल्लो वर्ष ५८ लाखभन्दा बढीमात्र व्यवस्थापकिय खर्च गरेको कम्पनीले गत वर्ष भने १ करोड ६८ लाखभन्दा बढी यो खर्च गरेको हो ।

यस्तै अघिल्लो वर्ष कम्पनीले २ करोड १३ लाख रुपिैयाँभन्दा बढी वित्तीय खर्च गरेको थियो भने गत वर्ष ६ करोड ९० लाख रुपैयाभन्दा बढी यो खर्च गरेको हो ।

कम्पनीको चौथो त्रैमाससम्मको तथ्यांक अनुसार कम्पनीको सञ्चालन नाफा भने अघिल्लो वर्षभन्दा ८.७८ प्रतिशत कम १७ करोड ९९ लाख रुपैयाभन्दा बढी भएको छ ।

गत चौथो त्रैमाससम्म कम्पनीको रिटेन्ड अर्निग अघिल्लो वर्षभन्दा ३६.३१ प्रतिशत घटेर ८ करोड ३४ लाखभन्दा बढी कायम भएको छ । २० प्रतिशत बोनस सेयर वितरण गरी चुक्तापूँजी रू. ७० करोड ६९ लाखभन्दा बढी पु¥याएको कम्पनीले सोही पूँजीको आधारमा १५० प्रतिशत हकप्रद सेयर विक्री गरिरहेको छ ।

कम्पनीले साउन १८ गतेदेखि भदौ ७ गतेसम्मका लागि उक्त हकप्रद सेयर विक्री खुला गरेको हो । हकप्रद सेयर जारी पश्चात् कम्पनीको चुक्तापूँजी १ अर्ब ७६ करोड ७३ लाख ३१ हजार रुपैयाँ पुग्नेछ । वार्षिक प्रतिसेय आम्दानी १०.७७ रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १११.८० रुपैयाँ रहेको छ ।