३ जेठ, २०८१ बिहिबार

06:51:25 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आईपीओ निष्काशन गर्दै इष्टर्न हाईड्रोपावर, क- कसले दिन पाउँछन् आवेदन ?

२९ साउन, २०७९

आईपीओ निष्काशन गर्दै इष्टर्न हाईड्रोपावर, क- कसले दिन पाउँछन् आवेदन ?

काठमाडौं । इष्टर्न हाईड्रोपावर कम्पनी लिमिटेडले भदौ ७ गतेदेखि आईपीओ निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाहरूलाई साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १ सय अंकित दरमा ६ लाख २० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

उक्त आईपीओमा आयोजनाबाट अति प्रभावित भोजपुर जिल्लाका सबै स्थानीय बासिन्दाहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।

उक्त आईपीओमा छिटोमा भदौ २१ गते र ढिलोमा असोज ५ गतेसम्म आवेदन दिन सक्नेछन् । आइपीओको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेका छन् ।

स्थानीयले आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।