१२ बैशाख, २०८१ बुधबार

02:52:15 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

यस्तो रहयो विश्वको शेयर बजार, एशियाली शेयर बजारका सूचक सकारात्मक

Nepal Business

२७ साउन, २०७९

शुक्रबार विश्वको शेयर बजार मिश्रित देखिएको छ

यस्तो रहयो विश्वको शेयर बजार, एशियाली शेयर बजारका सूचक सकारात्मक


काठमाडौँ?
शुक्रबार विश्वको शेयर बजार मिश्रित देखिएको छ ।  बिहीबार डो जोन्समा सामान्य वृद्धि देखिएकोमा शुक्रबार भने ३०० अंकले घटेर बन्द भयो । नेस्डेकमा पनि ०.६ प्रतिशतको गिरावट देखियो ।

एशियाली शेयर बजारमा भने अधिकांश सूचक सकरात्मक देखिएको छ । एसजीएक्स निफ्टी १८.५० अंकले बढेर १७ हजार ७०६ मा कारोबार भयो । 

एशियाली शेयर बजारमा भने अधिकांश सूचक सकरात्मक देखिएको छ । एसजीएक्स निफ्टी १८.५० अंकले बढेर १७ हजार ७०६ मा कारोबार भयो । 

जापानको बेन्चमार्क शेयर सूचक सात महिना यताकै उच्चस्तरमा रहयो । टेक शेयरको वृद्धिका कारण सो सूचक बढेको हो । 

यसैगरी, चीनको शेयरबजार पनि शुक्रबार सकरात्मक देखियो  सो बजारमा हाङसाङ सूचक ०.४६ प्रतिशतले बढेको छ भने सांघाई कम्पोजिट सूचक ०.१६ प्रतिशतले घटेको छ । यूरोपियन शेयर पनि शुक्रबार हेल्थकेयर शेयरमा सनोफी र जीएसकेको वृद्धिपछि बढेको छ ।

साताको अन्तिम कारोबार दिन, भारतीय शेयर बजारमा पनि  हरियाली देखिएको छ ।

शुक्रबार भारतीय सेन्सेक्स १३०.१८ अंकले बढेर ५९ हजार ४६२.७८ विन्दुमा पुगेर बन्द भयो ।

यस्तै निफ्टीमा ३९ अंकको वृद्धि भएर १७ हजार ६९८.१८ विन्दुमा पुग्यो ।