१३ बैशाख, २०८१ बिहिबार

09:32:44 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

खेतीपाती नहुने जग्गा सदुपयोग गर्न निजी वन

Nepal Business

२६ साउन, २०७९

वातावरण संरक्षण, हरियालीको विकास र व्यवसायका लागि उत्तम मानिएको वनले मानिसको जीविकोपार्जनमा पनि मद्दत गरेको छ ।

खेतीपाती नहुने जग्गा सदुपयोग गर्न निजी वन

विराटनगर,

सव डिभिजन वन कार्यालय कटहरीका अनुसार मोरङमा उपभोक्तालाई आवश्यक पर्ने काठ ८० प्रतिशत निजी वन बाट आपूर्ति हुने गरेको छ । 

मोरङका छ सय ३८ वटा निजी वनमा ६५ हजार पाँच सय ५४ हेक्टर क्षेत्रफलमा वन रहेको छ ।  वातावरण संरक्षण, हरियालीको विकास र व्यवसायका लागि उत्तम मानिएको वनले मानिसको जीविकोपार्जनमा पनि मद्दत गरेको छ । 

मोरङका छ सय ३८ वटा निजी वनमा ६५ हजार पाँच सय ५४ हेक्टर क्षेत्रफलमा वन रहेको छ ।  

वातावरण संरक्षण, हरियालीको विकास र व्यवसायका लागि उत्तम मानिएको वनले मानिसको जीविकोपार्जनमा पनि मद्दत गरेको छ । 

खेतीपाती नुहने सुख्खा भइरहने जग्गालाई सदुपयोग गर्न मानिस निजी वनमा आकर्षित देखिएका छन् । ‘घर घरमा रुख रोपौँ, हरियाली बढाऔँ’ नारासँगै ‘खुसियालीका लागि हरियाली’ भनिएको छ जसले जङ्गलको विस्तारमा सहयोग गरेको छ । 

यस वर्ष मोरङमा १२ हजार थान रुख कटान भएसँगै नयाँ १२ लाख बिरुवा रोपेको डिभिजन प्रमुख प्रमेश्वर पासमानले जानकारी दिनुभयो । उहाँले एक रुख काट्दा २५ रुख रोप्नुपर्ने भन्दै मोरङमा दुई सय ३२ हेक्टर जग्गामा सार्वजनिक वन लगाइएको जानकारी दिनुभयो ।

 सार्वजनिक वन मन्दिर, विद्यालय, मसानघाट, नदी किनार, सडक किनार र संस्थानको जग्गामा लगाइएको छ ।