१३ बैशाख, २०८१ बिहिबार

09:30:19 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र सञ्चालन गर्नेबारे अन्योल

Nepal Business

२६ साउन, २०७९

बुटवल–१० रामनगरस्थित बुटवल मण्डपमा नेपालको झण्डा आकारमा एक हजार क्षमताको सभाकक्षसहितको सम्मेलन केन्द्रको निर्माण भएको छ ।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र सञ्चालन गर्नेबारे अन्योल

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र सञ्चालन गर्नेबारे अन्योल 
रुपन्देही,
बुटवलमा अन्तरराष्ट्रिय सम्मेलन केन्द्र निर्माणको काम पूरा भए पनि यो संरचनाको जिम्मेवारी कसले लिने भन्ने विषयमा अन्योल देखिएको छ ।

भौतिक संरचना निर्माण सम्पन्न भइसकेको सम्मेलन केन्द्र कसलाई हस्तान्तरण गर्ने भन्ने विषयमा टुङ्गो नलागेको बुटवल सभाकक्ष तथा प्रदर्शनी केन्द्र निर्माण आयोजनाले जनाएको छ । 

भौतिक संरचना निर्माण सम्पन्न भइसकेको सम्मेलन केन्द्र कसलाई हस्तान्तरण गर्ने भन्ने विषयमा टुङ्गो नलागेको बुटवल सभाकक्ष तथा प्रदर्शनी केन्द्र निर्माण आयोजनाले जनाएको छ । 

बुटवल–१० रामनगरस्थित बुटवल मण्डपमा नेपालको झण्डा आकारमा एक हजार क्षमताको सभाकक्षसहितको सम्मेलन केन्द्रको निर्माण भएको छ ।

 अन्तर्राष्ट्रियस्तरका कार्यक्रम गर्न मिल्ने गरी आकर्षक भौतिक संरचना तयार पारिएको बुटवल सभाकक्ष तथा प्रदर्शनी केन्द्र निर्माण आयोजनाका प्रमुख धर्मेन्द्र पन्थीले जानकारी दिनुभयो ।

सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहकै सरकारबीच यसको सञ्चालन र व्यवस्थापन कसले गर्ने भन्ने विषयमा छलफल भइरहेको छिट्टै टुङ्गो लाग्ने उहाँको विश्वास छ । 

सङ्घीय सरकारको योजना र बजेटमा तयार भएको संरचना भएका कारण सम्मेलन केन्द्र सञ्चालनको मुख्य जिम्मेवारी शहरी विकास मन्त्रालयको भएको बताउनुहुन्छ, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे । 

उहाँले भन्नुभयो, “स्थानीय तहलाई जिम्मेवारी दिने हो भने हामी जिम्मेवारी लिन तयार छौँ ।”