९ मंसिर, २०८१ आइतबार

08:39:55 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अभियान लघुवित्तको आईपीओ सोमबार बाँडफाँड हुने, १९ लाख ८८ हजार बढीको हात खालि

२६ साउन, २०७९

अभियान लघुवित्तको आईपीओ सोमबार बाँडफाँड हुने, १९ लाख ८८ हजार बढीको हात खालि

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ सोमबार बाँडफाँड हुने भएको छ । लघुवित्त कम्पनीले साउन १८ गतेदेखि साउन २२ गतेसम्म सर्वसाधारणमा निष्काशन गरेको साधारण सेयर (आईपीओ) साउन ३० गते सोमबार बाँडफाँड हुने भएको हो । लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिलटको कार्यलय नक्सालमा बाँडफाँड हुने तय भएको छ ।

पछिल्लो तथ्यांक अनुसार लघुवित्तको आइपीओमा २० लाख ४३ हजार २० जना आवेदकबाट २ अर्ब ३१ करोड १६ लाख १९ हजार रुपैयाँ बराबरको २ करोड ३१ लाख १६ हजार १९० कित्ता आईपीओका लागि आवेदन परेको छ । यो लघुवित्तले माग गरेको भन्दा २३.७० गुणा बढी हो ।

लघुवित्तको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले गोलाप्रथाद्वारा बाँडफाँड हुनेछ । गोलाप्रथाद्वारा बाँडफाँड गर्दा ९१ हजार ३७५ जनाले मात्रै १० कित्ता सेयर पाउने छन् । १९ लाख ८८ हजार ४१३ जनाको हात खालि हुनेछ ।