९ मंसिर, २०८१ आइतबार

08:14:31 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

धौलागिरी लघुवित्तको आइपीओमा आवेदनको ओइराे, पर्ने सम्भावना न्यून बन्दै

२६ साउन, २०७९

धौलागिरी लघुवित्तको आइपीओमा आवेदनको ओइराे, पर्ने सम्भावना न्यून बन्दै

काठमाडौं । धौलागिरी लघुवित्तको आइपीओमा आवेदन दिने लगानीकर्ताहरूको ओइराे लागिरहेको छ । लघुवित्तको आइपीओमा १ अर्ब ३४ करोड ४४ लाख ९१ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । लघुवित्त कम्पनीले साउन २४ गते मंगलबारदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले निष्काशन गरेको आईपीओमा तेस्रो दिनमा नै मागभन्दा धेरै बढी आवेदन परेको हुनाले १० कित्ता सेयर पाउने आवेदन भाग्यमानी सावित हुनेछन् ।

सीडीएसका अनुसार आज (बिहीबार) बिहान १० बजेसम्ममा कम्पनीको आईपीओमा १ लाख ९२ हजार १८८ जना आवेदकबाट १ करोड ३४ लाख ४४ हजार ९१० कित्ताका लागि आवेदन दिएका छन् ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता सेयर निष्कासन गरेको हो । कुल कित्ताको ५ प्रतिशतले हुन आउने १६ हजार ५५० कित्ता सेयर सामूहिक लगानी कोष र ०.५ प्रतिशतले हुन आउने ५ हजार १५५ कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ भने बाँकी ३ लाख ८ हजार २९५ कित्ता सर्वसाधारण आवेदन दिन सक्नेछन् ।

उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि छिटोमा साउन २९ गतेसम्म र ढीलोमा भदौ ७ गतेसम्म आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

केयर रेटिङ्गस नेपालले लघुवित्तको आईपीओलाई  'केयरएनपी डबल बी माइनस इस्यूअर’ रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीले समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाउँछ ।