९ मंसिर, २०८१ आइतबार

08:28:24 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एकै दिन १० अर्बले घट्यो बैंकहरुको निक्षेप, बढ्दै सिडी रेसियो

२६ साउन, २०७९

एकै दिन १० अर्बले घट्यो बैंकहरुको निक्षेप, बढ्दै सिडी रेसियो

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा एकै दिन १० अर्बले निक्षेप घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउन २४ गतेसम्मको विवरणअनुसार बैंकहरुको निक्षेप एकै दिनमा १० अर्बले घटेको हो ।

राष्ट्र बैंकका अनुसार साउन २३ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ५० खर्ब ३७ अर्ब रूपैयाँ निक्षेप रहेको थियो । साउन २४ गते बैंक तथा वित्तीय संस्थाहरूमा कुल ५० खर्ब २७ अर्ब रुपैयाँ निक्षेप रहेको छ । एकै दिनको अवधिमा बैंक तथा वित्तिय संस्थाहरूको कुल निक्षेप १० अर्बले घटेको हो ।  

यो अवधिमा वाणिज्य बैंकहरूको निक्षेप पनि १० अर्बले घटेर ४४ खर्ब २८ अर्बमा झरेको छ । अघिल्लो दिन बैंकहरुकाको निक्षेप ४४ खर्ब ३८ अर्ब रुपैयाँ रहेको थियो ।

बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी २ अर्बले बढेर ४६ खर्ब ९४ अर्ब रूपैयाँ पुगेको छ । यसै अवधिमा वाणिज्य बैंकहरूको कर्जा प्रवाह पनि १ अर्बले बढेर ४१ खर्ब ६६ अर्ब पुगेको छ । अघिल्लो दिन साउन २३ गतेसम्म बैंकहरुको कुल ऋण प्रवाह ४१ खर्ब ६५ अर्ब रुपैयाँ रहेको थियो ।

यो अवधिमा बैंकहरूको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८७.८६ प्रतिशतबाट बढेर ८८.०५ प्रतिशत पुगेको छ ।