९ मंसिर, २०८१ आइतबार
08:50:18 AM
२६ साउन, २०७९
काठमाण्डौं । बैंक अफ काठमाण्डु (बिओके) र फोकसवान पेमेन्ट सोलुसन्स् प्रालिबाट सञ्चालित मोको डिजिटल वालेटसंग भुक्तानी सेवा सम्बन्धी सम्झौता भएको छ ।
यस सम्झौता पश्चात् बैंकका कार्डबाहकहरुले आफ्नो भिसा डेबिट र क्रेडिट कार्ड मोको डिजिटल वालेटमा लिंक गर्न सक्ने बैंकले जनाएको छ ।
बैंकका अनुसार कार्डबाहक हरुले कार्ड लिंक पश्चात् मोको डिजिटल वालेट मार्फत विभिन्न भुक्तानी सेवाहरुको उपभोग गर्न मिल्ने र भुक्तानी सेवाहरुमा जस्तै मोबाइृल टपअप, इन्टरनेट, विद्मुत, खानेपानीको बिल भुक्तानी, हवाईजहाजको टिकटको भुक्तानी लगायतका सेवाहरुको उपभोग मिल्नेछ । साथै, बैंकका कार्डबाहक महानुभावहरुले मोको मार्फत स्क्यान गरी १५०० भन्दा बढि मर्चेन्टहरुमा भुक्तानी गर्न मिल्नेछ ।
हालसम्म बैंकले १०३ शाखा कार्यालयहरु, ९८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आएको छ ।