२७ बैशाख, २०८१ बिहिबार

03:11:30 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

रक्षाबन्धनमा दिदीबहिनीले दाजुभाईलाई पठाउने कार्गोमा बुद्ध एयरको ५० प्रतिशत छुट

Nepal Business

२६ साउन, २०७९

रक्षाबन्धनमा दिदीबहिनीले दाजुभाईलाई पठाउने कार्गोमा बुद्ध एयरको ५० प्रतिशत छुट

काठमाण्डौं । रक्षाबन्धनलाई लक्षित गर्दै बुद्ध एयरले आकर्षक योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत दिदीबहिनीले दाजुभाईलाई पठाउने कार्गोमा ५० प्रतिशत छुटको व्यवस्था रहेको कम्पनीले जानकारी दिएको हो । 

कम्पनीका अनुसार यो योजना बिहीबारदेखि आउँदो शनिबारसम्म लागू हुनेछ । जनैपूर्णिमा एवं रक्षाबन्धनको अवसर पारेर कम्पनीले आफ्ना यात्रु लक्षित योजना सार्वजनिक गरेको जनाएको छ ।

‘समयमै उपहार पठाउँदा दिदीबहिनी पनि खुशी दाजुभाई पनि कि कसो ?’ नारा दिइएको यो योजनामार्फत दिदी बहिनी र दाजुभाईबीच आदानप्रदान हुने उपहार छिटो र सहजै पठाउन सकिने कम्पनीले  जनाएको छ ।

हाल कम्पनीले आफूसँग भएको एटिआर–४२, एटिआर–७२ र विचक्राफ्ट लगायत सिरिजका जहाजमार्फत मुलुकको विभिन्न गन्तब्यमा नियमित उडान गर्दै आएको छ।