२६ बैशाख, २०८१ बुधबार

07:29:00 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुनको मूल्य ५ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

Nepal Business

२६ साउन, २०७९

सुनको मूल्य ५ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौं । सुनको मूल्य बिहीबार घटेक छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेको छ । 

छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेर ९६ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुनको मूल्य तोलाको ९७ हजार एक सय रुपैयाँ थियो । 

तेजाबी सुनको मूल्य पनि तोलामा पाँच सय रुपैयाँले घटेर ९६ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुनको मूल्य तोलाको ९६ हजार छ सय रुपैयाँ थियो। 

यस्तै चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेर १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।