९ मंसिर, २०८१ आइतबार
08:52:35 AM
२६ साउन, २०७९
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
लघुवित्तले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले १० करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो वर्षको तुलनामा १६.२४ प्रतिशतले कम हो। अघिल्लो वर्ष संस्थाले १२ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
यो अवधिमा संस्थाको सञ्चालन मुनाफा १७ प्रतिशतले घटेर १५ करोड ८१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष संस्थाको सञ्चालन मुनाफा १९ करोड ५ लाख रुपैयाँ भएको थियो।
संस्थाको एनपीएल घटेर ४.०८ प्रतिशतमा झरेको छ। अघिल्लो वर्ष एनपीएल ४.६६ प्रतिशत थियो। चुक्तापुँजी ३२ करोड रहेको संस्थाको रिजर्भमा २२ करोड ८८ लाख रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ३२.७२ रुपैयाँ, पीई रेसियो २८.७२ गुणा र प्रतिसेयर नेटवर्थ १७०.१६ रुपैयाँ रहेको छ।