९ मंसिर, २०८१ आइतबार
08:57:51 AM
२६ साउन, २०७९
काठमाण्डौं । कुमारी बैंक लिमिटेड र होटल शिरीषबीच छुट सम्बन्धी सम्झौता भएको छ । सो सम्झौता अनुसार कपुरकोट नगरपालिका, वडा नम्बर ०३, सल्यानस्थित होटेल शिरीषमा अब बैंकका ग्राहकहरुले होटेल शिरीषबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट पाउने छन् ।
बैंकका डेबिट÷क्रेडिट कार्डवाहकहरुले उक्त होटलको सुविधा शुल्कमा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्ने बैंकले जानकारी दिएको हो ।
डिजिटल कारोबारमा ग्राहकहरू आकर्शित भाईरहेको कुरालाई मध्यनजर गर्दै आफ्नो डिजिटल कारोबारमा ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त बैंकले यस सहकार्य मार्फत होटेल शिरीषका विभिन्न सेवाहरुमा आकर्षक छुटको प्रावधान गरेको हो ।
बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १९१ एटिएम, ४८ शाखारहित बैंकिङ्ग ईकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे छ।
आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।