२३ बैशाख, २०८१ आइतबार

05:55:53 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

समृद्धि स्कुलको अभिमुखीकरण कार्यक्रम सम्पन्न, उत्कृष्ट विद्यार्थी तथा खेलाडीलाई सम्मान

Nepal Business

२५ साउन, २०७९

समृद्धि स्कुलको अभिमुखीकरण कार्यक्रम सम्पन्न, उत्कृष्ट विद्यार्थी तथा खेलाडीलाई सम्मान

काठमाण्डौं । राष्ट्रिय नाचघरमा समृद्धि स्कुलद्वारा सञ्चालित कक्षा ११ को नयाँ विद्यार्थीहरुका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । 

बुधबार काठमाण्डौंको जमलस्थित भएको सो कार्यक्रममा विद्यालयका सिइओ÷प्रधानाध्यापक नरेश प्रसाद श्रेष्ठले अभिमुखीकरणमा विद्यालयका नीति नियमबारे जानकारी दिनुभएको हो । 

कार्यक्रममा स्कुल व्यवस्थापन समिति अध्यक्ष मनोहर कुमार भट्टराई प्रमुख अतिथिका रुपमा उपस्थित हुनु भएको थियो । 

उक्त कार्यक्रममा ३५० जनाभन्दा बढी नयाँ विद्यार्थी, अभिभावक तथा शिक्षक कर्मचारीहरु गरी लगभग ११०० जनाको उपस्थितिमा परिचयात्मक कार्यक्रमका साथ–साथै भव्य साँस्कृतिक कार्यक्रम समेत सम्पन्न भएको थियो ।

सोहि अवसरमा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत गर्नुका साथै स्कुलका पुर्व विद्यार्थीहरु तथा नेपालको अण्डर–२० राष्ट्रिय फुटबल टिम क्याप्टेन आयुष घलान र खेलाडी मनग्य नकर्मीलाई सम्मान गरिएको थियो ।