८ बैशाख, २०८१ शनिबार

09:39:15 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

१ लाख १७ हजारले लिए वैदेशिक अध्ययन अनुमति, ७२ देशका ५६ शैक्षिक कार्यक्रम छनोट

Nepal Business

६ बैशाख, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखाका अनुसार विभिन्न ७२ देशमा अध्ययन गर्न जान १ लाख १७ हजार ५६३ जनाले एनओसी लिएका छन् ।

१ लाख १७ हजारले लिए वैदेशिक अध्ययन अनुमति, ७२ देशका ५६ शैक्षिक कार्यक्रम छनोट

२०७९ सालमा विदेशमा अध्ययन गर्न जान १ लाख १७ हजार जनाले वैदेशिक अध्ययन अनुमति पत्र ९एनओसी० लिएका छन् ।

विद्यार्थीले विभिन्न ५६ वटा शैक्षिक कार्यक्रमको लागि एनओसी लिएको शाखा प्रमुख बासुदेव वस्तीले जानकारी दिए । वैदेशिक अध्ययन गर्नको लागि सबै भन्दा बढी अस्ट्रेलियाका लागि एनओसी लिएका छन् । शाखाका अनुसार गएको वर्ष अस्ट्रेलियाका लागि मात्रै ५० हजार ७४२ जनाले एनओसी लिएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखाका अनुसार विभिन्न ७२ देशमा अध्ययन गर्न जान १ लाख १७ हजार ५६३ जनाले एनओसी लिएका छन् ।

विद्यार्थीले विभिन्न ५६ वटा शैक्षिक कार्यक्रमको लागि एनओसी लिएको शाखा प्रमुख बासुदेव वस्तीले जानकारी दिए । वैदेशिक अध्ययन गर्नको लागि सबै भन्दा बढी अस्ट्रेलियाका लागि एनओसी लिएका छन् । शाखाका अनुसार गएको वर्ष अस्ट्रेलियाका लागि मात्रै ५० हजार ७४२ जनाले एनओसी लिएका छन् ।

जापानका लागि २० हजार ३ जनाले, क्यानडाका लागि १६ हजार ७१६ जनाले वैदेशिक अध्ययन अनुमति पत्र लिएका छन् । त्यस्तै संयुक्त अधिराज्य बेलायतका लागि ८ हजार ७०७ जनाले, अमेरिकाको लागि ५ हजार ८२ जनाले, दक्षिण कोरियाका लागि दुई हजार २२५ जनाले एनओसी लिएका छन् ।